रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् कार्यसूची
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ।
- बैठकमा समसामयिक राजनीति, संवाद र सहकार्यबारे छलफल हुनेछ, साथै रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाबारे जानकारी दिइनेछ।
- वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदल र अन्य कार्यसूचीबारे बैठकमा छलफल हुनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । दिउसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने भएको हो ।
बैठकमा समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुनेछ । सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारी समेत बैठकमा दिइने भएको छ । ।
त्यस्तै केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा र विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन सहित पारित गर्ने कार्यसूची रहेको बताइएको छ ।
वाचापत्र कार्यदल विस्तार, संविधान परिमार्जन कार्यदल संयोजक सम्बन्धमा र संयोजक मनोनयन गरी तत्काल काम सुरु गर्न बैठकले निर्देशन दिने नेताहरूले बताएका छन् ।
राजनीतिक दल, समूह, शक्तिहरूको गतिविधि नियमित अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटनाको ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने कार्यसूचीमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण