क्यानडाका नेपाली समुदायले शतबीज छरेर बाला चतुर्दशी मनाए
सारांश
- क्यानडामा नेपाली समुदायले बाला चतुर्दशी पर्व मनाए, पितृको स्मरणमा शतबीज छरे।
- नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले मेलाको आयोजना गरेको थियो, जसले नेपाली संस्कृतिको संरक्षण गर्यो।
- पशुपति मन्दिर निर्माणका लागि जमिन खरिद गरिएको र सोही स्थानमा मेला आयोजना गरिएको थियो।
काठमाडौँ । क्यानडामा रहेका नेपाली समुदायले पितृको स्मरणमा शतबीज छरेर बाला चतुर्दशी पर्व मनाएका छन् । क्यानडा अन्टारियोस्थित इस्ट गाराफ्य्राक्समा आयोजित मेलामा नेपाली समुदाय सहभागी भएर शतबीज छरेका हुन् ।
मेलाको आयोजना नेप्लिज क्यानेडियन हेरिटेज सेन्टरले गरेको थियो । नेपाली संस्कृतिको संरक्षण र दिवङ्गत पितृको सम्झना गर्न कार्यक्रम आयोजना गरिएको सेन्टरका अध्यक्ष लीला भण्डारीले जानकारी दिए ।
हेरिटेज सेन्टरकै अगुवाइमा ब्रामटनमा सन् २०१६ देखि पशुपति मन्दिर सञ्चालनमा ल्याएको छ । ठुलो पशुपति मन्दिर तथा बौद्ध स्तूप निर्माणका लागि सेन्टरले १० एकड जमिनसमेत खरिद गरेको छ ।
बालाचतुर्दशी मेला पनि मन्दिर निर्माणका लागि खरिद भएको नेपाली समुदायको उक्त जमिनमा आयोजना गरिएको अध्यक्ष भण्डारीले बताए । मेला मन्दिरका पुजारीले शिवश्तोत्र, गणेश स्तुति वाचन र दीप प्रज्वलन गर्दै सुरुवात गरेका थिए ।
पितृ उद्धारका लागि गरिएको मेला तथा अन्य विभिन्न पर्वका अवसरमा गरिने सांस्कृतिक गतिविधिले परदेशमा पनि नेपालीपन झल्किरहने एनआरएन क्यानडाका अध्यक्ष जगन सापकोटाले बताए । नेपाली समुदायका लागि गरिने साना ठूला कार्यक्रममा सकेको योगदान गर्नुपर्ने भन्दै उनले नेपालीबिच भाइचाराको भावना बढाउँदै संस्कृति संरक्षणमा सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण