बेपत्ता भएको एक हप्तापछि भेटियो मञ्जुको शव
सारांश
- इटहरीकी ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव सुनसरीको सर्दु जलाधारमा फेला परेको छ।
- उनी कात्तिक २४ गतेदेखि हराइरहेकी थिइन् र उनको खोजीका लागि परिवारले प्रहरीमा निवेदन दिएको थियो।
- प्रहरीले घटना शंकास्पद रहेको जनाएको छ र थप अनुसन्धानका लागि शव पोस्टमार्टममा पठाइएको छ।
सुनसरी । गएको कात्तिक २४ गतेदेखि हराएकी सुनसरी इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा फेला परेको छ ।
उनी कात्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएकी थिइन् । तर, निरौला घर फिर्ता नआएपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजी गरिदिन निवेदन दिएको थियो ।
कात्तिक २७ गते उनले लगाएको रातो लेडिज स्विटर, कालो चप्पल, खैरो ब्याग र अन्य सामान धरान उपमहानगरपालिका–४, बौद्ध विहार नजिक कोशी लोकमार्ग छेउमा फेला परेको थियो ।
पौडेलको शव मङ्गलवार दिउँसो धरान–धनकुटा सडक छेउमा भेटिएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
शव फेला परेको सर्दु जलाधार क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वको दुर्गम क्षेत्रमा पर्छ । भौगोलिक अवस्था, शवको स्थिति र फेला परेका सामानबिचको तालमेलले घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोस्टमार्टमका लागि पठाइसकेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण