बिहार मन्त्रिपरिषद्मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
बुधबार, ०३ मङ्सिर २०८२, १३ : १४
सारांश
- बिहार विधानसभा चुनावमा भाजपाका नवनिर्वाचित विधायकहरूको बैठक बुधबार सम्पन्न भयो।
- अलीनगरबाट निर्वाचित गायिका मैथिली ठाकुरले मन्त्री बन्नेबारे पार्टीको निर्णय मान्ने बताइन्।
- अलीनगरको नाम परिवर्तनबारे उनले शपथ ग्रहणपछि काम सुरु गर्ने प्रतिक्रिया दिइन्।
पटना । बिहार विधानसभाको चुनाव जित हात पारेका भारतीय जनता पार्टी (भाजपा) का नवनिर्वाचित विधायकहरूले बुधबार विधान दलको बैठकमा भाग लिँदैछन् । यस अवसरमा अलीनगर विधानसभा सिट जितेकी लोकप्रिय गायिका मैथिली ठाकुरलाई बीबीसी हिन्दीले ‘आफूले मन्त्रिपरिषद्मा स्थान पाउने कुनै आशा छ त ?’ भनेर सोधेको थियो ।
यसको जवाफमा उनले भनेकी थिइन्– ‘पार्टीले मलाई जे आदेश दिन्छ म त्यही गर्नेछु, र अहिले त म निकै खुसी छु कि मैले यो सौभाग्य पाए ।’
अलीनगरको नाम परिवर्तन गर्ने प्रश्नमा मैथिली ठाकुरले भनिन्– ‘अझै धेरै काम गर्न बाँकी छ..., पहिले हामी शपथ ग्रहण त गरौँ, त्यसपछि हामी एक–एक गरेर काम सुरु गर्नेछौँ । हामी अपडेट गरिरहनेछौँ ।’ गएको महिना मैथिलीले चुनाव जित्ने बित्तिकै अलीनगरको नाम फेरिने दाबी गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण