जेनजी प्रदर्शनका कारण सिमरा विमानस्थल बन्द
बुधबार, ०३ मङ्सिर २०८२, १४ : २७
सारांश
- एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सिमरा आउने भएपछि जेनजी समूहले विरोध प्रदर्शन गर्यो।
- प्रदर्शनका कारण नेताहरू सिमरा जान सकेनन् र स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गर्यो।
- जेनजी समूहले सिमरा विमानस्थलको बाटोमा टायर बालेर प्रदर्शन गरेपछि विमानस्थल बन्द गरियो।
काठमाडौँ । बाराको सिमरा क्षेत्र अवस्था तनावग्रस्त बनेको छ । काठमाडौंबाट एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायत नेताहरु सिमरा आउने भएसँगै जेनजी समूह उनीहरुविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।
बिहान ११ बजे एमाले नेता पोखरेल र बस्नेत सिमरा उत्रिने कार्यक्रम थियो। तर, प्रदर्शनका कारण पोखरेल र बस्नेतलगायत गएनन्, बरु स्थिति तनावपूर्ण बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
यस्तै हाल सिमरा विमानस्थल बन्द गरिएको छ। कर्फ्युपछि पनि प्रदर्शनमा उत्रिएका जेनजी समूहले सडकमा टायर बालेका छन् ।
जेनजी प्रदर्शनकारीले सिमरा विमानस्थल छिर्ने बाटो अगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण