ह्युमनोइड रोबोटमा मान्छे हुन्न भनेर देखाउन रोबोटिक्स कम्पनीले रोबोट नै काट्नु परेपछि...
सारांश
- चिनियाँ कम्पनी एक्सपेङ्गले आइरन ह्यूमनोइड रोबोटको पछिल्लो संस्करण प्रदर्शन गर्यो।
- कम्पनीका सीईओले रोबोटभित्र मान्छे छैन भनेर देखाउन रोबोटको खुट्टा काटेको भिडियो सार्वजनिक गरे।
- भिडियोमा रोबोटको खुट्टाको छाला र मासु काटेर धातुको फ्रेम देखाइएको छ, जसलाई दर्शकले ताली बजाए।
बेइजिङ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सपेङ्गले नोभेम्बर ५ मा सातौं एक्सपेङ्ग टेक्नोलोजी डे कार्यक्रम आयोजना गरेको थियो ।
यस कार्यक्रममा कम्पनीले आइरन ह्यूमनोइड रोबोटको पछिल्लो संस्करण प्रदर्शन गर्यो । कार्यक्रमको एउटा हाइलाइटमा रोबोट सुस्त चालमा बिरालोजस्तै गरी हिँडेर स्टेजमा गइरहेको देखियो । सामाजिक सञ्जालमा लाइभ रनवे शोका यस्ता केही क्लिप भाइरल भइरहेका छन् ।
रोबोटभित्र मान्छे छैन भन्ने कुरा देखाउन कम्पनीका अध्यक्ष तथा सीईओ हे सियाओपेङले रोबोटको खुट्टै काट्न लगाएको एउटा भिडियो छ । ‘संसार यति छिटो छिटो परिवर्तन भइरहेको छ भन्ने नपत्याउने मानिसहरू जहिले पनि हुन्छन्,’ हेले भनेका छन् । मानिसहरूले आफूलाई एउटा दृश्य खिचेर काटछाट नै नगरीकन भिडियो हाल्न बाध्य पारेको हेले पोस्ट गरेका छन् । यो भिडियो हेरेर सबैले सत्य र असत्यबिच भिन्नता छुट्याउन सक्ने र ह्यूमनोइड रोबोटभित्र कुनै मान्छे हुन्न भन्ने कुरा स्पष्ट गर्न आफूलाई मद्दत मिल्ने आशा उनले व्यक्त गरेका छन् ।
भिडियोमा एक्सपेङ मोटर्सका कर्मचारीहरूले कैँचीले रोबोटको बाया पिँडुलालाई बेरेको सेतो ‘छाला’ जस्तो पत्र काटेर निकाल्छन् । यसको भित्रपट्टि फाइबरको तन्किने मांशपेशी छ । यसलाई पनि काटेर झिकेपछि धातुको फ्रेम देखिन्छ । त्यत्ति नै बेला भिडले उत्साहित भएर ताली बजाउँछन् र रोबोट स्टेजबाट बिरालोकै चालमा हिँडेर बाहिर निस्कन्छ ।
‘आशा छ कि आइरन रोबोट साँच्चै आइरन रोबोट नै हो भनेर हामीले प्रमाणित गर्ने यो अन्तिम पटक हुनेछ । आशा छ कि आज राति पछि, धेरै मानिसहरूले बिरालोजस्तै हिँड्न सक्ने रोबोट चिनियाँ कम्पनीले बनाएको हो भनेर विश्वास गर्नेछन्,’ हेले आफ्नो वेइबो खातामा पोस्ट गर्दै भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण