शिक्षक नियुक्तिका लागि ४ लाख ५० हजार घुस लिने प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सारांश
- अख्तियारले शिक्षक नियुक्तिका लागि घुस लिएको आरोपमा रौतहटको एक विद्यालयका प्रधानाध्यापक र बिचौलियाविरुद्ध मुद्दा दायर गरेको छ।
- उनीहरूले शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोप लागेको छ।
- अख्तियारले दुवै जनालाई जरिवाना र कैद सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक नियुक्तिका लागि घुस लिएको आरोपमा रौतहटको श्री जय किसान माध्यमिक विद्यालय, धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साह कानुविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विद्यालयमा माध्यमिक तहको रसायन विज्ञान विषयको करार शिक्षक नियुक्तिका लागि परीक्षाको प्रश्नपत्र उपलब्ध गराउने र नियुक्ति दिलाइदिने भन्दै उनीहरूले सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ।
प्रधानाध्यापक सञ्जय प्रसादले रौतहट राजदेवी नगरपालिका–७ का अरविन्द प्रकाश साह कानुमार्फत उक्त रकम घुस लिएको सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट कसुर देखिएको भन्दै आयोगले दुवै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ४ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको मागदाबी गर्दै आरोपपत्र दायर गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण