बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्न सिफारिस
बुधबार, ०३ मङ्सिर २०८२, १७ : ०९
मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन (वर्षे) अन्त्य गर्न सिफारिस गरेको हो ।
बैठकले प्रदेश सभाको चालु वर्षे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
सरकारले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मङ्सिर ३ गते बुधबार रातको ११ः५९ बजेदेखि अधिवेशन अन्त्य हुने गरी सिफारिस गर्ने निर्णय गरेको उनले बताए । सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन बोलाउने तयारी गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौड: मेसी र एम्बाप्पेभन्दा १ गोल टाढा ह्यारी केन
-
सुरुवाती दबाब चिर्दै इंग्ल्याण्डको कमब्याक जित, कंगो विश्वकपबाट बाहिरियो
-
८६ औँ मिनेटमा ह्यारी केनको दोस्रो गोल, इंग्ल्याण्डलाई २–१ को अग्रता
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण