प्रधानमन्त्रीसँगको छलफलमा दलका प्रतिनिधिले राखे आफूअनुकूल धारणा
सारांश
- प्रधानमन्त्री सुशिला कार्कीसँगको छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले चुनावबारे आ-आफ्नो धारणा राखेका छन्।
- अधिकांश दलहरूले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने धारणा राखे भने एमालेले शान्ति सुरक्षाको ग्यारेन्टीको कुरा उठाएको छ।
- एमाले नेता प्रदीप ज्ञवालीले बाराको सिमरामा भएको विवादबारे सरकारको जवाफ मागे भने रास्वपाले एमालेमाथि निर्वाचन रोक्न खोजेको आरोप लगाए।
काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीसँगको छलफलमा राजनीतिक दलका प्रतिनिधिहरूले चुनाववारे आ-आफ्नो धारणा राखेका छन् ।
प्रधानमन्त्री कार्कीले आयोगमा दर्ता रहेका सवै राजनीतिक दलका प्रतिनिधिहरूलाई सिंहदरवार बोलाएर निर्वाचन तयारी र सहभागीताका सम्बनधमा छलफल गरेकी हुन् । छलफलमा लगभग एकसय हाराहारी दलका प्रतिनिधि सहभागी भएका थिए । उक्त छलफलमा नेताहरूले आफूअनुकूल र आफूलाई लागेका विषयमा तीन मिनेटका दरले बोलेका थिए ।
अधिकांश दलहरूले तोकिएकै समयमा निर्वाचन गर्नुको विकल्प नभएको धारणा राखेका छन् भने नेकपा एमालेलगायत दलका नेताहरूले शान्ति सुरक्षाको ग्यारेन्टी नभएसम्म स्वतन्त्र, निश्पक्ष र भयरहित निर्वाचन हुन नसक्ने भन्दै सरकार र प्रधानमन्त्रीले त्यसतर्फ ध्यान दिनुपर्ने तर्क गरेका थिए ।
छलफलमा सहभागी एमाले नेता प्रदीप ज्ञवालीले आज बुधबार दिउँसो मात्रै बाराको सिमरामा एमालेसँग र जेनजीका नाममा भएको विवाद तथा त्यसपछिको अवस्थाबारे सरकारको जवाफ मागेको बताए ।
त्यस्तै छलफलमा सहभागी रास्वापका नेता गणेश पराजुलीले एमालेले सुरक्षाको बहानामा निर्वाचन हुन नसक्ने भनेर दिँदै आएको अभिव्यक्तिले निर्वाचन नहोस् भन्ने चाहेको आरोप लगाए ।
त्यस्तै सचेत नेपाली पार्टीका पूण्य प्रसाई र आम जनता पार्टी चन्द्रभूषण साहले वर्तमान सरकारको मन्त्रिपरिषदमा रहेका मन्त्रीहरूले नै दलहरू खोलिरहेको तथा निष्पक्ष निर्वाचन हुनेबारे छलफलमा प्रश्न गरेको बैठकपछि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण