टोकियोकाे सफल प्रस्तुतिपछि ओसाका जाँदै नेपथ्य
बिहीबार, ०४ मङ्सिर २०८२, ०४ : ०७
सारांश
- नेपथ्य ब्यान्डको प्रस्तुति टोकियो डोम सिटी हलमा उत्साहपूर्ण रूपमा सम्पन्न भयो।
- कन्सर्टमा दर्शकहरूले गायक अमृत गुरुङका गीतहरूमा खुलेर रमाइलो गरे।
- टोकियो र नागोयामा प्रस्तुतिपछि ब्यान्ड ओसाकातर्फ जाँदैछ र नोभेम्बर २४ मा अन्तिम कन्सर्ट हुनेछ।
टोकियो । सात वर्षपछि टोकियो डोम सिटी हलमा नेपथ्य ब्यान्डले गरेको दोस्रो प्रस्तुति उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। मंगलबार जापानको प्रतिष्ठित यो हलमा नेपथ्यले प्रस्तुति दिँदा हल खचाखच भरिएको थियो।
गायक अमृत गुरुङका लोकप्रिय गीतमा विभिन्न उमेर र पृष्ठभूमिका नेपालीहरू दर्शक खुलेर रमाएका थिए ।
टोकियो र नागोयामा प्रस्तुति सकाइसकेपछि अब ब्यान्ड ओसाकातर्फ जाँदै छ। आगामी नोभेम्बर २४ मा जेप ओसाका बे साइड’ हलमा जापान यात्राको अन्तिम कन्सर्ट हुने आयोजकले जानकारी दिएका छन्।
कन्सर्टका टिकट नेपथ्यको आधिकारिक वेबसाइटबाट अनलाइन खरिद गर्न सकिने व्यवस्था मिलाइएको आयोजकले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण