बिहार : १०औँ पटक मुख्यमन्त्रीको शपथ लिँदै नीतिश कुमार
बिहीबार, ०४ मङ्सिर २०८२, १० : ४५
सारांश
- नीतिश कुमार १०औँ पटक बिहारको मुख्यमन्त्री बन्दै छन्, शपथ ग्रहण बिहीबार हुँदैछ।
- उनी बुधबार एनडीए विधायक दलको नेता चुनिएका थिए र प्रधानमन्त्री मोदी पनि समारोहमा सहभागी हुनेछन्।
- नीतिश कुमार २००० देखि २०१४ र २०१५ देखि अहिलेसम्म मुख्यमन्त्री छन्।
नयाँ दिल्ली । जनता दल यूनाइटेड (जेडीयू)का नेता नीतिश कुमारले बिहीबार १०औँ पटक बिहारका मुख्यमन्त्रीको शपथ लिन लागेका छन् । बुधबार राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) विधायक दलको नेता चुनिएका उनी १०औँ पटक मुख्यमन्त्री बन्न लागेका हुन् । बिहीबार बिहान ११ः३० मा गान्धी मैदानमा उनको शपथ ग्रहण समारोह हुँदैछ । यस कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने बताइएको छ ।
नीतिशले यस पटक एनडीएका सबै सहयोगी दललाई मन्त्रिपरिषद्मा ठाउँ दिएका छन् । २००० मा छोटो समयका लागि बिहारका मुख्यमन्त्री बनेका नीतिश कुमार २००५ देखि २०१४ र २०१५ देखि यता लगातार बिहारको नेतृत्वमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण