रातोपाटी प्रि–म्याच प्रेडिक्सन : सुमित तिमल्सिनाका चारै अनुमान सफल
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतका चार वटै खेलको नतिजाबारे कमेन्टेटर सुमित तिमल्सिनाको अनुमान शतप्रतिशत मिल्यो।
- उनले खेल सुरु हुनुअघि नै टिमको विश्लेषण, खेलाडी र नतिजाको पूर्वानुमान गरेका थिए।
- तिमल्सिनाले आज हुने खेलमा लुम्बिनी लायन्समाथि चितवन राइनोजले जित निकाल्ने अनुमान गरेका छन्।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हालसम्म भएका चार वटै खेलको नतिजाबारे रातोपाटीका लागि क्रिकेट कमेन्टेटर सुमित तिमल्सिनाले गरेको अनुमान शतप्रतिशत मिलेको छ ।
आइतबारदेखि सुरु भएको प्रतियोगितामा उनले खेल सुरु हुनु अघि नै प्रतिस्पर्धी टिमको विश्लेषण, म्याचमा प्रभाव पार्न सक्ने खेलाडी र नतिजाको पूर्वानुमान (प्रेडिक्सन) गर्दै आएका थिए ।
‘रातोपाटी प्रि–म्याच एनालाइसिस’मा तिमल्सिनाले गरेका अनुमान र खेलका नतिजा यसप्रकार छन्–
१. पहिलो खेलः काठमान्डु गोर्खाज विजयी

तिमल्सिनाले पहिलो खेल सुरु हुन अघि ‘प्रि–म्याच एनालाइसिस’ काठमान्डु गोर्खाजले जनकपुर बोल्ट्सलाई हराउने अनुमान गरेका थिए । उनले काठमाडौँको टिम संयोजन बलियो रहेको विश्लेषण गरेका थिए । नतिजा पनि त्यस्तै आयो, काठमान्डुले जनकपुरलाई ५ विकेटले पराजित गर्यो ।
२. दोस्रो खेलः चितवन राइनोजको जित

त्यस्तै, दोस्रो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई पराजित गर्ने उनको अनुमान थियो । खेलमा चितवनले कर्णालीमाथि ४ विकेटको जित निकाल्यो र उनको अनुमान सही साबित भयो ।
३. तेस्रो खेलः पोखरामाथि विराटनगर हाबी

तेस्रो खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि जित निकाल्ने भविष्यवाणी गरिएको थियो । नतिजास्वरुप, विराटनगरले पोखरालाई ५३ रनको फराकिलो अन्तरले हरायो ।
४. चौथो खेलः सुदूरपश्चिमको जित

प्रतियोगिताको तेस्रो दिन काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबिचको खेलमा तिमल्सिनाले सुदूरपश्चिम विजयी हुने अनुमान गरेका थिए । उनको अनुमानलाई सही साबित गर्दै सुदूरपश्चिमले काठमान्डुलाई २९ रनले पराजित गर्यो ।
आजको अनुमान
चार खेलमा लगातार सफल अनुमान गरेका तिमल्सिनाले आज हुने खेलमा लुम्बिनी लायन्समाथि चितवन राइनोजले जित निकाल्ने अनुमान गरेका छन् । दुई टोलीबिच अपराह्न ४ बजे खेल सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण