मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सुन र चाँदीको सिक्कासहित शिखर इन्स्योरेन्सका कर्मचारी सम्मानित

बिहीबार, ०४ मङ्सिर २०८२, १५ : ४०
बिहीबार, ०४ मङ्सिर २०८२

काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१ औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।

उक्त अवसरमा कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका ११ जना कर्मचारीलाई सुनको सिक्का र १० वर्ष सेवा अवधि पूरा गरेका ३० जना कर्मचारीहरूलाई चाँदीको सिक्का सहित प्रमाणपत्र प्रदान गरी समर्पण,मेहनत र दीर्घकालीन योगदानको प्रशंसासहित सम्मान गरिएको थियो ।

वार्षिकोत्सवको अवसरमा देशभर आयोजित रक्तदान कार्यक्रममा १४३९ युनिट रगत सङ्कलन गरिएको थियो ।

शिखर इन्स्योरेन्सले आगामी दिनमा प्रविधिमैत्री सेवा विस्तार, ग्राहक–मैत्री सेवा प्रवाह तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरूलाई अझ सुदृढ गर्दै, उत्कृष्ट, भरपर्दो र नवप्रवर्तनयुक्त बीमा सेवा प्रदान गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप