सौगातको नयाँ चलचित्र 'बब डाइ'को छायांकन सुरु
सारांश
- चलचित्र 'बब डाइ'को छायांकन चन्द्रागिरिबाट सुरु भएको छ।
- 'बब डाइ'को छायांकन काठमाडौँको कीर्तिपुर र चन्द्रागिरिमा हुनेछ।
- प्रविन श्रेष्ठको निर्देशन रहने चलचित्रमा सौगात मल्ल, सिम्रन पन्त लगायतका कलाकारको अभिनय रहनेछ।
काठमाडौँ । चलचित्र 'बब डाइ'को छायांकन सुरु भएको छ ।
रोटेपिङ्ग इन्टरटेन्मेन्टको प्रस्तुति र श्रीराम बालाजी फिल्मस्को सहकार्यमा निर्माण हुने यो चलचित्रको चन्द्रागिरिबाट छायांकन सुरु भएको हो । 'बब डाइ'को ४५ दिनको छायांकन तालिका तोकिएको छ । यो अवधिमा काठमाडौँको कीर्तिपुर, चन्द्रागिरि आसपासमै छायांकन हुने निर्माण टिमले जनाएको छ ।
चलचित्रलाई प्रविन श्रेष्ठले निर्देशन गरिरहेका छन् । यसअघि 'मोक्ष' चलचित्र निर्देशन गरेका प्रबिनले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । निर्देशक श्रेष्ठका अनुसार 'बब डाइ'मा कीर्तिपुरकै कथा छ । चलचित्रको नामबारे निर्देशक श्रेष्ठ भन्छन्, 'खासमा बब डाइ भनेको बब दाइ हो । नेवारी ट्युनमा दाइलाई डाइ भनिने भएकाले नाममा त्यसरी राखेका हौं ।' उनका अनुसार 'बब डाइ'को भूमिकामा सौगात मल्ल देखिनेछन् ।
चलचित्रमा सौगात मल्लसँगै, सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्ण भक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्दुकार, मनोज महर्जन र बाल कलाकार अग्रिम पण्डितको अभिनय रहनेछ ।
फिल्मका राजेश घिमिरे, रोशन भट्टराई र सुनिल मानन्धर निर्माता हुन् भने रविन्द्र प्रजापती कार्यकारी निर्माता हुन् । चलचित्रको प्रदर्शन मिति तोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण