अपडेट
रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमाले महाधिवेशन प्रतिनिधि बन्ने
बिहीबार, ०४ मङ्सिर २०८२, २१ : १२
काठमाडौँ । नेकपा एमालेले यसअघि पार्टी छाडेर अन्यत्र गएपनि अहिले पार्टीमा फर्किएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको सचिवालय बैठकले यसअघि एमाले छाडेर अन्य पार्टीमा गएकाहरूका लागि विशेष निर्णय गरेर महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।
‘घर फर्क अभियानअन्तर्गत विभिन्न वामपन्थी समूहबाट आबद्ध हुनुभएकामध्ये तत् कमिटीका केन्द्रीय समितिमा जो अहिले यता आउनुभएको छ । उहाँहरूलाई प्रतिनिधि बनाउने विशेष निर्णय गरिएको छ,’ ज्ञवालीले बैठकको निर्णय सुनाउँदै भने ।
केही समयअघि मात्रै रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायत नेताहरू एकीकृत समाजवादीबाट एमालेमा फर्किएका थिए ।
एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुँदै छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण