यूएईमा समस्यामा परेका नेपालीलाई सेल्टरको व्यवस्था
काठमाडाैँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईको अध्यक्षमा चयन भए लगत्तै भीम मल्ल ठकुरीले समस्यामा परेका नेपाली श्रमिकहरूका सहयोगको घोषणा गरेका छन् ।
पदभार ग्रहण गरेसँगै अध्यक्ष मल्लले यूएईमा खान र बस्न नपाएर अलपत्र परेका नेपालीहरूका लागि आफ्नै व्यक्तिगत लगानीमा ’सेल्टर’ (आश्रयस्थल) को व्यवस्था सुरु गरेका हुन् ।
यूएईमा रोजगारी गुमाएर वा विभिन्न कारणले समस्यामा परी खान र बस्न नपाएर सडकमा सुत्नुपर्ने बाध्यतामा रहेका पीडित नेपालीहरूको पीडालाई मध्यनजर गर्दै आफूले यो कार्यको थालनी गरेको उनले बताए ।
उनले आफ्नो कार्यकालभरि नै स्वयमको व्यक्तिगत खर्चमा पीडितहरूलाई खाना र बस्नका लागि सेल्टर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष मल्लले आफ्नो नेतृत्वको पहिलो काम नै आपतमा परेका नेपालीहरूको उद्धार र सहयोगबाट सुरु गरेको बताए ।
यसअघि एनआरएनए यूएईको उपाध्यक्ष रहेका मल्ललाई हालै सम्पन्न बैठकले अध्यक्षमा चयन गरेको हो । यसअघि अध्यक्ष रहेका विकास शाहीको स्थानमा मल्लले नेतृत्व सम्हालेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै सर्वस्व दानमा बनेको आश्रममा रमाउँदै प्रधान दम्पती
-
करियरदेखि प्रेमसम्म: हेर्नुहोस् तपाईंको साप्ताहिक राशिफल
-
डेनिज उन्डाभको दुई गोलले पल्टियो नतिजा: विगतको असफलता चिर्दै जर्मनी नकआउट चरणमा
-
जर्मनीका ‘सुपर सब’ डेनिज उन्डाभ चम्किए, खेल रोमाञ्चक मोडमा
-
जर्मनीको दुई गोल रद्द, पहिलो हाफमा आइभरी कोस्टको १–० को अग्रता
-
जर्मनीविरुद्ध आइभरी कोस्टलाई १–० को सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण