बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ब्राजिलमा कोप–३० बैठकको क्रममा आगलागी

शुक्रबार, ०५ मङ्सिर २०८२, १० : ०४
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • ब्राजिलको भ्यालेममा कोप-३० बैठक चलिरहँदा आगलागी भयो, जसले गर्दा बैठक खाली गर्नुपर्‍यो।
  • आगलागी एउटा मण्डपमा लागेको थियो र छ मिनेट भित्र नियन्त्रणमा लिइयो, तर २१ जनालाई स्वास्थ्य जाँच गर्नुपर्‍यो।
  • आगलागीको कारण अज्ञात छ, जलवायु परिवर्तन सम्बन्धी वार्ता स्थगित भयो र शुक्रबार पुनः सुरु हुनेछ।

रियो द जेनरियो । ब्राजिलको भ्यालेममा संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन  कोप–३० को बैठकका क्रममा आगलागी भएको छ । आगलागीका कारण बैठकस्थल तुरुन्तै खाली गर्नुपरेको थियो । तर अग्निनियन्त्रकहरूले तत्कालै आगो नियन्त्रणमा लिए । 

आगो एउटा मण्डपमा लागेको थियो । लगभग छ मिनेट भित्र आगो नियन्त्रणमा आएको कार्यक्रम आयोजकहरूले बताएका छन् । यद्यपि, धुवाँका कारण सास फेर्न गाह्रो भएपछि २१ जनालाई डाक्टरले चेकजाँच गर्नुपर्‍यो ।

आगो लागेपछि मानिसहरूलाई तुरुन्तै बाहिर निकालिएको थियो । दमकलका गाडीहरू तीव्र गतिमा भित्र दौडिरहेको देखिएको थियो । छ मिनेट भित्र आगो निभाइएको र १३ जनालाई धुवाँ सास फेर्न मुस्किल भएर उपचार गरिएको संयुक्त राष्ट्र संघले बताएको छ । 

आगलागीको कारण अझै थाहा हुन छैन । जलवायु परिवर्तनसँग लड्न आगामी कदमहरूबारे सहमति गर्ने कोसिस अन्तिम चरणमा थियो ।  तर आगोका कारण वार्ता रोक्नु परेको छ । वार्ता शुक्रबार पुनः सुरु हुने एउटा विज्ञप्तिमा संयुक्त राष्ट्र संघले भनेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप