कम्बोडियामा रात्रि बस दुर्घटना, १६ जनाको मृत्यु
सारांश
- कम्बोडियामा रात्रि बस दुर्घटना हुँदा १६ जनाको निधन भयो।
- दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भए।
- प्रारम्भिक अनुसन्धानले चालक निदाएको अनुमान गरिएको छ।
कम्बोडिया । कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ। यसैगरी दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनायो।
क्षेत्रका उप प्रहरी प्रमुख सिभ सोभान्नाले बिहीबार राति उद्धारकार्य सकिएपछि मृतकको सङ्ख्या प्रारम्भिक १३ बाट बढेर १६ पुगेको बताए। बसमा करिब ४० जनाजति यात्रु सवार रहेको अनुमान गरिएको छ र सबैजना कम्बोडियाली नागरिक भएको अधिकारीहरूले पुष्टि गरे।
सोभान्नाका अनुसार प्रारम्भिक अनुसन्धानले बसका चालक रात्री समयमा सिम रिपबाट यात्रा थालेपछि निदाएर नियन्त्रण गुमाएको आशङ्का गरिएको छ। करिब साढे पाँच घण्टाको नियमित यात्रामा यस्तो घटना हुनु अत्यन्तै दुर्भाग्यपूर्ण रहेको उनले बताए। मृतकमध्ये चालक पनि समावेश छन् कि छैनन् भन्ने विषय खुलेको छैन।
कम्बोडियामा सडक दुर्घटना मुलुककै गम्भीर समस्या मानिन्छ। सार्वजनिक निर्माण तथा यातायात मन्त्रालयका तथ्याङ्कअनुसार सन् २०२४ मा ट्राफिक दुर्घटनामा एक हजार ५०९ जनाले ज्यान गुमाएका थिए भने सन् २०२५ को पहिलो नौ महिनामै एक हजार ६२ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण