सत्यनिरुपण तथा बेपत्ता आयोगका पदाधिकारीको राजीनामा माग्दै द्वन्द्वपीडितको धर्ना
शुक्रबार, ०५ मङ्सिर २०८२, १२ : ०४
सारांश
- द्वन्द्वपीडितहरूले न्याय नपाएको भन्दै सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगमा धर्ना दिएका छन्।
- पीडितहरूले दलीय भागबन्डाको आधारमा पदाधिकारी नियुक्त गरेको भन्दै राजीनामाको माग गरेका छन्।
- आयोगलाई खारेज गर्नुपर्ने माग गर्दै विधि, प्रक्रिया र मापदण्ड मिचेको आरोप लगाएका छन्।
काठमाडौँ । विस्तृत शान्ति सम्झौता भएको दुई दशकसम्म पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरूले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता आयोगमा धर्ना दिएका छन् ।
पीडितहरूले दलीय भागबन्डाको आधारमा पदाधिकारी नियुक्त गरेर न्याय दिन नसक्ने भन्दै धर्ना दिएका हुन् । उनीहरुले आयोगका पदाधिकारीहरूको राजीनामा समेत मागेका छन् ।
धर्नामा बसेकाहरूले विधि प्रक्रिया र मापदण्ड मिचेर तेस्रो पटक पनि दलीय भागबन्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तत्काल खारेज गर्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण