नयाँ आईपीओ आउँदै, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
सारांश
- स्टेल ड्रिम पार्कको साधारण शेयर (आईपीओ) जारी हुने भएको छ, जसको लागि आयु इन्टरटेनमेन्टले बिक्री गर्ने भएको छ।
- कम्पनीले ३० लाख कित्ता शेयर निष्कासन गर्न नेपाल लाइफ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
- सम्झौतामा आयु इन्टरटेन्मेन्टका अध्यक्ष र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन्।
काठमाडौं । स्टेल ड्रिम पार्कको साधारण शेयर (आईपीओ) जारी हुने भएको छ । उक्त पार्ककको सञ्चालक कम्पनी आयु इन्टरटेनमेन्टले जारी पूँजीको २० प्रतिशतले हुनेगरी सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको हो । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको दरले ३० लाख कित्ता शेयर निष्कासन हुनेछ । उक्त शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ ।
यसका लागि बुधबार नेपाल लाइफ क्यापिटल लिमिटेड कमलपोखरी स्थित कार्यालयमा दुई पक्षबीच बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्टका तर्फबाट अध्यक्ष कदम केसी तथा नेपाल लाइफ क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेज्यूले हस्ताक्षर गरे ।
सारथी ग्रुप सहितको लगानी रहेको उक्त पार्कमा देशकै प्रतिष्ठित उद्यमी तथा पोखराका पर्यटन व्यवसायीको लगानी रहेको छ । करिब ५७ रोपनी जग्गामा फैलिएको उक्त पार्कमा वाटर पार्क, वेब पुल तथा साहसिक खेलको सुविधा रहेको छ ।
अर्कोतिर नेपाल लाइफ क्यापिटल नेपाल लाइफ इन्स्योरेन्सको सहायक मर्चेन्ट बैंकिङ कम्पनी हो । यो क्यापिटलले धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण