विक्रम धमलाले ल्याए ‘दर्शन ढुङ्गा’
हात समाई आगोको धुनीमा
हाँसौं खेलौं हो दुईदिने जुनीमा
बिन्ती हजुर
दर्शन ढुङ्गा झिलिक्क, आउँछ जोवन जान्छ मिलिक्क
गायक विक्रम धमलाको नयाँ गीत ‘दर्शन ढुङ्गा’का शब्द हुन् यी । दैनिक जीवनमा आउने तनावलाई भुलेर अर्थपूर्ण ढंगले जिउनुपर्छ भन्ने भावको गीतलाई प्रदीप लम्सालले लेखेका हुन् । गीतमा विक्रमश्री बाँस्तोलाको संगीत छ भने श्यामश्वेत रसाइलीले एरेन्ज तथा मिक्सिङ गरेका छन् ।
रमाइलो माहोलको दृश्य उतारिएको गीतको भिडियोमा गायक विक्रम स्वयं र उमा कार्की फिचर्ड छन् । अरुण न्यौपानेले खिचेको भिडियोलाई विकास धमलाले सम्पादन तथा कलर संयोजन गरेका छन् । मेकअप आर्टिस्ट सम्झना सेन्चुरी हुन् ।
लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय विक्रमले आफ्नै शब्द तथा संगीतमा ‘मुस्कानभित्र रोदन मेरो’ गीतबाट संगीतमा पाइला चालेका थिए । त्यसपछि ‘महसुस’ र ‘आहत’ गरी दुई सोलो एल्बम निकालेका विक्रमका साँच्चै के हो माया, महसुस, मादलु लगायत गीत रुचाइएका छन् । भोजपुरदेखि, फूलको गमला, शुभ तिहार लगायत अन्य गीत पनि उनका सार्वजनिक छन् ।
सांगीतिक क्षेत्रमा सक्रिय भएपनि आफ्नो पेसागत कामले नयाँ गीत ल्याउन ढिलाइ भएको विक्रमले बताए । ‘संगीतको भोक अति नै छ, तर पारिवारिक र पेसागत कामका कारण छिटो-छिटो गीत ल्याउन सकिरहेको छैन । अब सकेसम्म गीत-संगीतमा उपस्थिति जनाइरहने प्रयासमा छु,’ रातोपाटीसँग विक्रमले भने, ‘पछिल्लो समय गीत तथा म्युजिक भिडियो निर्माण अनावश्यक खर्चिलो हुँदा पनि हामीजस्ता धेरै कलाकारलाई गाह्रो बनाइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण