राष्ट्रपति रनिङ शिल्डको उपाधि बराह माविलाई
सारांश
- बराह माविले राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्यो।
- प्रतियोगितामा माछापुच्छ«े मावि दोस्रो र निष्पक्ष मावि तेस्रो भए।
- गाउँपालिकाका अध्यक्षले खेलकुद र पर्यटनलाई सँगै अगाडि बढाउने बताए।
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बराह माध्यमिक विद्यालयले जितेको छ । माछापुच्छ्रे गाउँपालिका–६ भिँडाबारीमा अवस्थित बराह मावि पहिलोपटक उपाधि चुम्न सफल भएको हो ।
यही मङ्सिर ३ गतेदेखि महेन्द्र माविको खेलमैदानमा सञ्चालन भएको रनिङ शिल्डमा १० स्वर्ण, छ रजत र दुई कास्य जितेर बराहले उपाधि जितेको हो । च्याम्पियन बनेको बराह माविले रनिङ शिल्डसहित रु १५ हजार पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा पालिकाका १० सामुदायिक र दुई संस्थागत विद्यालयको सहभागिता थियो ।
त्यसैगरी, छ स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेर माछापुच्छ्रे मावि द्वितीय भयो । माछापुच्छ्रेले रु १० हजार र ट्रफी पुरस्कार प्राप्त गरेको छ । निष्पक्ष माविले चार स्वर्ण, दुई रजत र तीन कास्य पदकको साथमा तृतीय स्थान हासिल गर्दै ट्रफी र रु सात हजार ५०० पुरस्कार पायो ।
प्रतियोगिताको विजेता विद्यालय तथा खेलाडीलाई गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतले पुरस्कार वितरण गरे । प्रतियोगितामा छात्र तथा छात्रा भलिबल, छात्रछात्रा कबड्डी, एथलेटिक्स ट्रयाक, हाइजम्म, लङजम्प तथा ट्रिपलजम्पमलगायत खेल समावेश गरिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण