बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रुसबाट घुस लिएको अभियोगमा बेलायतका पूर्व सांसदलाई जेल सजाय

शुक्रबार, ०५ मङ्सिर २०८२, २२ : ०४
शुक्रबार, ०५ मङ्सिर २०८२

सारांश

  • बेलायतका पूर्व सांसद नाथन गिललाई रुसबाट घुस लिएको आरोपमा १० वर्षको जेल सजाय सुनाइयो।
  • गिलले रुस समर्थक भाषण दिन युक्रेनी राजनीतिज्ञबाट घुस लिएको स्वीकारेका थिए।
  • यो मुद्दाले लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको बताइएको छ।

बेलायत । युरोपेली संसदमा रुस समर्थक भाषण दिन घुस लिएको अभियोगमा बेलायतका पूर्व सांसद तथा वेल्स नेता नाथन गिललाई शुक्रबार १० वर्षको जेल सजाय सुनाइएको छ।

पूर्व सांसद गिलले सेप्टेम्बरमा एक रूसी समर्थक युक्रेनी राजनीतिज्ञबाट हजारौँ युरो लिएर उनको आदेशमा लन्डनको ओल्ड बेली फौजदारी अदालतमा लिखित बयान दिँदै सोही कुरा टेलिभिजनमार्फत् पनि भनेको आरोपमा दोषी ठहर गरिएको हो ।

वयानले युक्रेनमा लोकतन्त्रको बारेमा चिन्ता उठाएको राष्ट्रपतिमा निर्वाचित हुँदा भोलोदिमिर जेलेन्स्कीको आलोचनासमेत भएको थियो ।

गिललाई १० वर्ष छ महिनाको जेल सजाय सुनाउँदै न्यायाधीश बबी चीमा–ग्रबले भने, “उनले ‘महत्त्वपूर्ण अधिकार र विश्वासको पदको दुरुपयोग गरेको ठहर गरियो।”

उनको आचरणले ‘आधारभूत रूपमा एक सुपरनेशनल विधायिकी निकायको अखण्डतामा सम्झौता भएको पुष्टि गरेको छ”,न्यायाधीश ग्रबले भने।

“तपाईंले विदेशी नागरिकहरूबाट भुक्तानी स्वीकार गर्नुभयो, उनीहरूको आदेशमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय मामिलाहरूमा बयान दिनुभयो, तपाईंको आफ्नै रूपमा प्रस्तुत गरिएको लिखित सामग्री प्रयोग गर्नुभयो र अन्य सांसदहरूको संलग्नताको योजना बनाउनुभयो,” उनले थपे।

गिल सन् २०१४ देखि सन् २०२० सम्म सांसद थिए भने यूरोप पक्षधर यूकेआइपी पार्टीका सदस्य थिए। उक्त दलको नेतृत्व नेता निगेल फराजले गरेका थिए।

उनी सन् २०२१ मार्चदेखि मेसम्म फराजको रिफर्म यूके वेल्सका नेता पनि थिए र सन् २०१६ देखि सन् २०१७ सम्म वेल्स संसद (सेनेड)को सदस्य पनि थिए।

उनलाई सन् २०१८ डिसेम्बर र सन् २०१९ जुलाईको बीचमा युक्रेनी राजनीतिज्ञ ओलेग वोलोसिनबाट घुस लिएको आठ मामिलामा दोषी ठहर गरिएको छ।

अभियोजनकर्ताहरूका अनुसार उनले त्यस समयमा लगभग ४० हजार पाउण्ड (झण्डै ५२ हजार अमेरिकी डलर) भुक्तानी लिएका थिए।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप