भक्तपुरमा ६७५ व्यापारीको नापतौल दर्ता
शुक्रबार, ०५ मङ्सिर २०८२, २२ : १८
सारांश
- भक्तपुरमा ६७५ जना व्यापारीले नापतौल दर्ता तथा नवीकरण गराए ।
- यो अभियान भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा सम्पन्न भएको हो ।
- वार्षिक दर्ताले व्यापार सन्तुलन कायम राख्न र उपभोक्ता ठगिनबाट जोगाउँछ ।
भक्तपुर । भक्तपुर उद्योग वाणिज्य सङ्घको सहकार्यमा गुणस्तर तथा नापतौल कार्यालय त्रिपुरेश्वरले भक्तपुरका छ सय ७५ व्यापारीको नापतौलका सामग्रीको नापतौल दर्ता एवं नवीकरण गराएको छ ।
कार्यालयले व्यापारीका लागि भक्तपुर र मध्यपुरथिमि नगरपालिकाका विभिन्न ठाउँमा आजसम्म सञ्चालन गरेको नापतौल सामग्रीको दर्ता तथा नवीकरण अभियानमा मध्यपुरथिमि नगरपालिकामा दुई सय ३४ जना व्यापारीसहित छ सय ७५ जनाले आफूले प्रयोग गर्दै आएका नापतौलका सामग्रीको नयाँ दर्ता तथा नवीकरण गराएका हुन् ।
प्रत्येक वर्ष गरिने दर्ता तथा नवीकरणले व्यापारलाई सन्तुलन बनाई राख्ने र उपभोक्ताहरू तौलमा ठगिनबाट जोगिने कार्यालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण