ट्रम्प र ममदानीबिच ह्वाइट हाउसमा भेटवार्ता
शनिबार, ०६ मङ्सिर २०८२, ०५ : ०१
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका मेयर जोहरान मम्दानीबीच ह्वाइट हाउसमा भेटवार्ता भयो।
- ट्रम्प र मम्दानीले भेटलाई सकारात्मक रूपमा प्रस्तुत गर्दै, विचारधारामा कुरा मिलेको बताए।
- ट्रम्पले मम्दानीलाई मेयरको रूपमा उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गरे।
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र न्युयोर्कका नवनिर्वाचित मेयर जोहरान ममदानीबिच ह्वाइट हाउसमा शुक्रबार भेटवार्ता भएको छ। मम्दानीप्रति लामो समयदेखि आलोचनात्मक हुँदै आएका ट्रम्प र ममदानीबिच भएको यो भेटलाई दुवैले सकारात्मक रूपमा प्रस्तुत गरेका छन्।
बैठकपछि राष्ट्रपति ट्रम्पले मम्दानीसँग‘ धेरै राम्रो बैठक’ भएको बताउँदै, विचारधाराका विषयमा मजाकका रूपमा टिप्पणी गरे। उनले मम्दानीका विचारहरू ‘अलि परका’ भए पनि आफूले ‘सोचेभन्दा धेरै कुरा मिलेको’ अनुभूति गरेको बताए।
ट्रम्पले हालैको चुनावी विजयका लागि ममदानीलाई बधाई दिँदै, मेयरको रूपमा उनले ‘उत्कृष्ट काम गर्ने विश्वास’ व्यक्त गरेका छन्।
जोहरान ममदानी आफूलाई ‘डेमोक्रयाटिक समाजवादी’ भनेर परिचय दिने गर्छन्, भने ट्रम्पले विगतमा उनलाई कम्युनिस्ट’ भन्दै आलोचना गर्दै आएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण