सीपलाई समाधानसँग जोड्ने मोबाइल एप सार्वजनिक
काठमाडौँ । मोबाइल ग्यारेज टिमले मोबाइल एप सार्वजनिक गरेको छ । शनिवार काठमाडौँमा एक कार्यक्रमका बिच ‘सीपलाई समाधानसँग जोड्ने मोबाइल एप: मोबाइल ग्यारेज’ सार्वजनिक गरिएको हो । मोबाइल ग्यारेज एपले सवारी साधन बिग्रिएमा मिस्त्रीहरु उपलब्ध गराउनेछ ।
मोबाइल ग्यारेज टिमका सल्लाकार अमर थापामगरले सवारी धनी र सवारी मर्मतसम्बन्धी सीप भएका दुवै पक्षलाई सेवा दिने उद्देश्यले मोबाइल ग्यारेज एप सञ्चालनमा ल्याएको जानकारी दिए । सवारी साधनमा समस्या भएमा एपमार्फत ग्यारेज मिस्त्रीको खोजी गर्न सकिनेछ । उक्त एपमार्फत सहजै रुपमा रियल टाइममा नै मिस्त्री उपलब्ध हुने उनले बताए । उनले ग्यारेजसम्बन्धी सीप भएकाहरूलाई रोजगारी पनि मोबाइल एपको मार्फत उपलब्ध हुने उल्लेख गरे ।
यो एपले सवारी धनी र मिस्त्रीको पुलको रूपमा काम गर्ने उनको भनाई छ । उनले दुई वर्षको प्रयासपछि मोबाइल ग्यारेज एप निर्माण गर्न सफल भएको जानकारी दिए ।
उनले भने, ‘यो व्यवसाय बाट हामी पब्लिक सर्भिसको कुरा छँदैछ, त्योसँगै सीप भएका साथीभाइहरू हुनुहुन्छ, ग्यारेज सेक्टरका यसलाई हामीले व्यवसायसँग डिजिटलाईजेशन गर्ने त्यो व्यवसायलाई र अर्को सवारी साधन बिग्रिएमा सहजै रूपमा सेवा दिनेगरी मोबाइल एप सार्वजनिक गरेका छौँ । यो एप एउटा पुलको रूपमा रहनेछ । ग्यारेजसम्बन्धी ज्ञान भएका मिस्त्रीलाई हामीले विशेष रूपमा समस्या परेको भेईकलहरुसंग जोड्ने पुलको रूपमा यसले काम गर्नेछ ।’
उनले एपले रियल टाइम सेवा, प्रमाणित मिस्त्री प्रोफाइल, सजिलो एप साइनअप र व्यापार वृद्धि लगायतका सुविधा प्रदान गर्ने जानकारी दिए । एपमा ग्यारेज सञ्चालक र सवारी धनी जोडिन सक्नेछन् । मोबाइल एप प्ले स्टोर वा एप स्टोरमा गएर सजिलै डाउनलोड गर्न सकिनेछ । एपमा मेकानिकहरुले मेकानिकको प्रोफाइल बनाउनुपर्ने र सेवाग्राहीले साइनअप गर्नुपर्ने सुविधा रहेको छ । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण