स्वचालित पेस्तोलसहित एक जना पक्राउ
शनिबार, ०६ मङ्सिर २०८२, १९ : ३१
सारांश
- रौतहटको चन्द्रपुरमा दुई वटा स्वचालित पेस्तोलसहित एक जना पक्राउ परे ।
- पक्राउ पर्नेमा बाराका २२ वर्षीय सुमन आचार्य छन् ।
- प्रहरीले आचार्यको साथबाट पेस्तोल, गोली र खुकुरी बरामद गर्यो ।
काठमाडौँ । सशस्त्र प्रहरी बलले रौतहटको चन्द्रपुर नगरपालिका–४ चन्द्रपुरस्थित देउराली चोकबाट आज दुई वटा स्वचालित पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
बाराको निजगढ नगरपालिका–६ का २२ वर्षीय सुमन आचार्यलाई उक्त पेस्तोलसहित सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले नियन्त्रणमा लियो, सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरीले उनको साथबाट इटालीमा निर्मित दुई थान पेस्तोल, सोको दुई वटा म्याग्जिन, १३ राउण्ड गोली र एक थान खुकुरी बरामद गरेको हो । बरामद पेस्तोल तथा अन्य सामानसहित उनलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
-
पहिलो हाफमा स्पेन पूरै हाबी, अस्ट्रिया विरुद्ध १–० को अग्रता
-
स्पेनले लियो सुरुवाती अग्रता
-
स्पेनले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन्
-
स्पेन र अस्ट्रियाबिचको खेल सुरु, के स्पेनले १६ वर्ष लामो ‘नकआउट’ खडेरी तोड्ला ?
-
युरोपेली डिफेन्डिङ च्याम्पियनलाई अस्ट्रियाको चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण