शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा १६ हजार ८७७ नयाँ मतदाता थपिए

आइतबार, ०७ मङ्सिर २०८२, ०८ : ३४
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • रौतहट जिल्ला निर्वाचन कार्यालयले भदौ १० देखि मंसिर ५ गतेसम्मको मतदाता दर्ता तथ्याङ्क सार्वजनिक गरेको छ।
  • सो अवधिमा १६ हजार ८७७ नयाँ मतदाताले नाम दर्ता गराएका छन्।
  • कार्यालयमा प्रत्यक्ष रूपमा ६ हजार ६६९ र राष्ट्रिय परिचयपत्रमार्फत १० हजार १७८ जनाले नाम दर्ता गराएका छन्।

रौतहट । जिल्ला निर्वाचन कार्यालय रौतहटले भदौ १० देखि मङ्सिर ५ गते सम्मको मतदाता दर्ता तथ्याङ्क सार्वजनिक गरेको छ। सो अवधिमा जिल्लामा १६ हजार ८७७ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् । 

जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको सङ्ख्या ६ हजार ६६९ रहेको छ।

त्यसमध्ये पुरुष ३हजार,८१७, र महिला २हजार,८८२ रहेको निर्वाचन अधिकारी  दासले जानकारी दिएका छन्।

यस्तै राष्ट्रिय परिचयपत्र मार्फत प्राप्त आवेदन सङ्ख्या १० हजार,१७८ पुगेको छ। प्रत्यक्ष दर्ता र राष्ट्रिय परिचय पत्र दुवै प्रक्रियाबाट प्राप्त विवरण अनुसार नयाँ दर्ता सङ्ख्या १६ हजार,८७७ पुगेको निर्वाचन अधिकारी दासले पुष्टि गरेका छन्।

यसै अवधिमा त्रुटि सच्याउन प्राप्त आवेदन सङ्ख्या ४६५ रहेको छ। सो मध्ये ठेगाना बदल्न (ठाउँ सार्न) ५८७ आवेदन प्राप्त भएको छ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाको साबिक मतदाता सङ्ख्या ४ लाख २१, हजार ६९३ रहेको छ। नयाँ दर्ता, संशोधन र स्थानान्तरण मिलाएर मतदाता तथ्यांकलाई अद्यावधिक गर्ने काम जारी रहेको कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप