धादिङको एसपी हेरफेर, सुमित खड्कालाई पठाउने निर्णय
सारांश
- प्रहरी प्रधान कार्यालयले धादिङका एसपी भेषराज रिजाललाई सरुवा गरेको छ र सुमित खड्कालाई पठाउने निर्णय गरेको छ।
- बाराको सिमरामा एमाले कार्यकर्ता र जेनजी प्रदर्शनकारीबीच झडप हुँदा स्थानीय प्रशासनले कर्फ्यू लगायो।
- प्रहरीले गोली चलाएपछि जेनजी प्रदर्शनकारीले आफ्ना समर्थकलाई कुटपिट गरेको आरोपमा ९ जना विरुद्ध जाहेरी दिए।
- प्रहरीले दुई वडा अध्यक्षसहित केही आरोपीलाई पक्राउ गरेको छ।
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुखलाई सरुवा गरेको छ । धादिङका एसपी भेषराज रिजाललाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयले सुमित खड्कालाई पठाउने निर्णय गरेको हो । रिजाल ३ महिनाअघि मात्र धादिङ गएका थिए ।
खड्का प्रहरी हेडक्वार्टरमा कार्यरत थिए । यसअघि बाराका एसपी सन्तोष तामाङलाई पनि प्रहरी हेडक्वार्टर फिर्ता बोलाउने निर्णय गरिएको थियो । बारामा एसपी नरेन्द्र कुँवरलाई पठाइएको छ ।
बाराको सिमरामा नेकपा (एमाले)का कार्यकर्ता र जेनजी प्रदर्शनकारीको बिचमा बुधवार झडप भएको थियो । झडप भएसँगै स्थानीय प्रशासनले कर्फ्यू लगाएको थियो । प्रदर्शन नियन्त्रणमा लिन बिहीबार प्रहरीले गोली चलाएको थियो ।
जेनजी प्रदर्शनकारीले आफ्ना समर्थकलाई कुटपिट गरेको आरोपमा ९ जना विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले दुईजना वडा अध्यक्ष सहित केही आरोपीहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष धन बहादुर श्रेष्ठ र वडा नम्बर–६ का अध्यक्ष कैमुद्धिन अन्सारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण