नेकपा र जसपाबिच एकता नहुने, राजेन्द्र श्रेष्ठ पक्ष मात्र प्रवेश गर्ने
सारांश
- अशोक राई नेतृत्वको जसपाले नेकपासँग एकता नगर्ने निर्णय गर्यो, उपमहासचिव यादवले जानकारी दिए।
- वरिष्ठ नेता राजेन्द्र श्रेष्ठलाई नेकपामा जान आग्रह गरिए पनि उनले नमाने रोक्न नसकिने बताइएको छ।
- श्रेष्ठ भने नेकपामा प्रवेश गर्ने तयारीमा छन्, र मंसिर १० गते कार्यक्रम गर्ने योजना रहेको छ।
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कम्युनिस्ट पार्टीसँग एकता नगर्ने भएको छ । जसपा र नेकपाबिच पटक पटक वार्ता भएपनि कुरा नमिलेपछि एकता नहुने निश्चित भएको जसपाका उपमहासचिव प्रदीप यादवले जानकारी दिए ।
उनले भने- ‘हाम्रो पार्टीले निर्णय गरिसक्यो । नेकपासँग एकता हुँदैन तर अरू कोही जान चाहन्छ भने रोक्न सकिँदैन ।’ सो पार्टीबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा केही नेताहरु भने नेकपामा प्रवेश गर्ने तयारी गरिरहेका छन् ।
यादवले श्रेष्ठ लगायतका नेताहरुलाई नेकपामा नजान आग्रह गरिएको बताउँदै उनीहरु नमाने रोक्न नसकिने समेत बताए । श्रेष्ठ लगायतका नेताहरु पार्टीमा आन्तरिक सहमति नभएपछि नेकपा प्रवेश गर्ने तयारीमा लागेका हुन् ।
श्रेष्ठले मङ्सिर १० गते एक कार्यक्रम गरी नेकपामा प्रवेश गर्ने तयारी गरिरहेका छन् । श्रेष्ठसँगै नेकपामा प्रवेश गर्ने तयारीमा रहेका जसपाका केन्द्रीय सदस्य दुर्गा सुवेदीले याे विषयमा नेकपासँग छलफल चलिरहेको बताए । ‘सम्भव त मङ्सिर १० गते एउटा बृहत् कार्यक्रम गरी नेकपासँग एकता गर्ने तयारी भइरहेको छ’ उनले भने ।
उता श्रेष्ठले भने पार्टीकाे बैठक बोलाएर एकताबारे निष्कर्षमा पुग्न माग गरिरहेका छन् । ‘पार्टीको बैठकले केही निर्णय गरे ठिकै छ, नभए उनले एक्लै भएपनि नेकपासँग एकता गरेर जाने मनस्थिति बनाइ सकेका छन्’ नेता सुवेदीले भने ।
उपमहासचिव यादवले जसपा आफ्नो पहिचान पक्षधर पार्टीसँग मोर्चा वा गठबन्धन गर्ने तयारीमा रहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण