राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले गरायो दल दर्ता
सारांश
- नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गराएको छ।
- कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा दल दर्ता गराए।
- पार्टीको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गरेको थियो।
काठमाडौँ । नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराएका हुन् ।
पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी दर्ता भइसकेको जानकारी रातोपाटीलाई दिए ।
शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी मुख्यसचिव पौडेललाई दिएको थियो ।
‘संवत् २०८२ साल माघ ११ (एघार) गते आइतबारको दिन हुने राष्ट्रियसभा सदस्य निर्वाचन र संवत् २०८२ साल फागुन २१ (एक्काइस) गते बिहीबारको दिन हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’ लाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गर्दछ । सो प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानून बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ,’ बैठकको निर्णयमा लेखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण