बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सडक दुर्घटनामा पत्नीको मृत्यु, पति गम्भीर घाइते

आइतबार, ०७ मङ्सिर २०८२, १३ : ३६
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • धनुषाको मिथिला नगरपालिकामा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ, श्रीमान घाइते।
  • जनकपुरधामबाट ढल्केवरतर्फ जाँदै गरेको कारले साइकलमा सवार दम्पतीलाई ठक्कर दिएको थियो।
  • घाइतेको उपचार भइरहेको छ भने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा आज बिहान भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार ढल्केवर–जनकपुरधाम राजमार्गअन्तर्गत मिथिला नगरपालिका–२ हजराचोक नकटाझिझा सडकखण्डमा साइकलमा सवार दम्पतीलाई जनकपुरधामबाट ढल्केवरतर्फ तीव्र गतिमा जाँदै गरेको बा.प्र. ०१–०३१ च २०३६ नम्बरको कारले ठक्कर दिएको थियो। ठक्करबाट मिथिला नगरपालिका–१ लक्ष्मीनिवासका ५० वर्षीय राजकुमार महतो गम्भीर घाइते भएका छन् भने उनकी ४६ वर्षीया पत्नी सुमिन्त्रा देवी महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा घाइते राजकुमार महतोलाई उद्धार गरी उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। कार चालक सर्लाही, लालबन्दी नगरपालिका–६ निवासी १८ वर्षीय दिवस कार्कीलाई कारसहित नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार अत्याधिक गतिकै कारण दुर्घटना भएको देखिएको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप