सुदन किरातीले भने– हामीले यदुवंशी सेना रोजेनौँ, बाबुराम जनार्दन जस्ता कृष्ण रोज्यौँ
सारांश
- सुदन किरातीले पार्टीभित्र नेतृत्वको पुस्तान्तरण र रूपान्तरणको मुद्दा सुनुवाइ नभएपछि विद्रोह गरेको बताए।
- उनले ३७ वर्षदेखि नेतृत्वमा रहेकाहरूले जेनजी विद्रोहलाई अस्वीकार गरेको र वृद्धाश्रम बनाएको आरोप लगाए।
- किरातीले लोकतन्त्र नेतातन्त्र र नातान्त्रमा रूपान्तरण भएको र युवा पुस्ताको मुद्दालाई बेवास्ता गरेको आरोप लगाए।
काठमाडौँ । पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीभित्र लामो समयदेखि नेतृत्वको पुस्तान्तरण र पार्टी रूपान्तरणको पक्षमा उठाएको मुद्दा सुनवाइ नभएपछि विद्रोह गरेको जिकिर गरेका छन् ।
आइतबार राष्ट्रियसभा गृहमा आयोजना भएको पार्टी एकता सभालाई सम्बोधन गर्दै किरातीले ३७ वर्षसम्म नेतृत्वमा रहेकाले जेनजी विद्रोहलाई अस्वीकार गरी वृद्धाश्रम बनाएकोले विद्रोह गरेको जिकिर गरे ।
‘२४० वर्षको राजतन्त्र ढाल्न सक्ने नेताहरू आफैँ भित्रका परिवारतन्त्र विरुद्ध पराजित भए । लोकतन्त्र नेतातन्त्र र नातातन्त्रमा रुपान्तरण भयो । लोकतन्त्रका लडेका नेताहरू भ्रष्टतन्त्रमा परिणत भयो । जेनजी युवाहरूको सडकमा रगतका टाटा सुक्न नपाउँदै प्रतिक्रान्तिको हुङ्कार हुन थालेको छ’, उनले भने– ‘हामीले महाभारतका यदुवंशी सेना रोजेनौँ । हामीले बाबुराम, जनार्दन, राम कार्की र ओजस्वी भट्टराईजस्तो कृष्ण रोज्यौँ । हामीले लामो समयदेखि पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको मुद्दा उठायौँ । तर ती ठुला पार्टीका नेताहरूले हाम्रा मुद्दालाई वृद्धाश्रम खोल्नुभयो ।’
उनले थप भने- ‘हामीले एक थान पार्टी मात्र खोल्न चाहेका छैनौँ । हामीले जनताको सेवा गर्न विधि र विचार सहितको पार्टी खोल्न चाहेको हाे । आजदेखि नयाँ जिम्मेवारीको प्रारम्भ गरेका छौँ । कम्युनिस्ट छोड्नुभयो भन्नुभयो । खोल उतै छोडेका छौँ । गुदी बोकेर आएका छौँ ।’
जेनजी विद्रोहपछि पनि प्रतिक्रान्तिको आवाज गुन्जिन थालेको भन्दै उनले फेरि पनि विदेशी षड्यन्त्र देख्नु विडम्बना भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण