महेश बस्नेतमाथि रङ छ्याप्ने नेविसंघ कार्यकर्तालाई कारबाही गरिने
आइतबार, ०७ मङ्सिर २०८२, १४ : ५०
काठमाडौँ । नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घका सभापति दुजाङ शेर्पाले विराटनगरमा एमाले नेता महेश बस्नेतमाथि रातो रङ छ्याप्नेमाथि कडा कारबाही गरिने प्रस्ट पारेका छन् ।
आइतबार बस्नेत विराटनगरबाट सुनसरी जाने क्रममा उनी सवार गाडीमा नेविसंघ कार्यकर्ताले रातो रङ छ्यापेका थिए ।
बस्नेतको गाडीमा रङसहितको बेलुन हान्ने सन्जोग गौतम र अर्पित कुँवर महेन्द्र मोरङ क्याम्पसका नेविसंघका नेता भएको पुष्टि भएसँगै शेर्पाले उनीहरूलाई कारबाही गर्ने बताएका हुन् ।
घटनापछि सभापति शेर्पाले सामाजिक सञ्जालमा सङ्गठनको नाम दुरुपयोग गर्नेहरूलाई कडा कारबाही गरिने भन्दै बस्नेतमाथि मसी छ्याप्ने कायरता नेविसंघको नभएको बताए ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण