७७ प्रतिशतले निर्यातमा वृद्धि, धेरै निर्यात हुने वस्तु के–के छन् ?
सारांश
- चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको निर्यातमा ७७.५१ प्रतिशतले वृद्धि भएको छ।
- निर्यातमा फलाम, तेलघ्युजन्य वस्तु र धागोको हिस्सा सबैभन्दा ठुलो रहेको छ।
- यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक संकेत हो, जसले आर्थिक सुधारको संकेत गर्छ।
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिना(२०८२/८३ साउन–कात्तिक) मा नेपालबाट हुने निर्यात ७७.५१ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्ष (२०८१/८२) को सोही अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
निर्यातमा देखिएको यो वृद्धि अर्थतन्त्रका लागि सकारात्मक सङ्केत हो ।कुल निर्यात हुनेमा सबैभन्दा ठुलो हिस्सा क्रमशः, फलाम, तेलघ्युजन्य वस्तु र धागो रहेका छन् ।
यो चार महिनाको अवधिमा कुल निर्यातमध्येमा ४५ अर्ब १४ करोड ३७ लाख रुपैयाँको फलाम तथा फलामजन्य वस्तु निर्यात भएको छ ।
यसैगरी दोस्रोमा ४४ अर्ब ७० करोड २३ लाख रुपैयाँको तेल तथा घ्युजन्य वस्तु र तेस्रोमा ९ अर्ब ९३ करोड ३३ लाख रुपैयाँको विभिन्न प्रकारको धागो निर्यात भएको छ ।
त्यस्तै ठुलो हिस्सामा निर्यात हुनेमा ५ अर्ब ९१ करोड २२ लाख रुपैयाँको चिया कफी तथा मसलाजन्य वस्तु, ४ अर्ब ५५ करोड ३७ लाख रुपैयाँको तयारी तथा अन्य कपडा, ३ अर्ब ६० करोड ७९ लाख रुपैयाँको कार्पेट निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी १ अर्ब ३९ करोड १५ लाख रुपैयाँको बिरुवा, २ अर्ब २३ करोड ७१ लाख रुपैयाँको पशुजन्य आहार, १ अर्ब १९ करोड १९ लाख रुपैयाँको पेष्टिकुकका उत्पादन, १ अर्ब ४२ लाख रुपैयाँको साल्ट सल्फर, १ अर्ब १६ करोड ८७ लाख रुपैयाँको फर्माटिकल, २ अर्ब ३९ करोड ४८ लाख रुपैयाँको काठ तथा काठजन्य वस्तु १ अर्ब ४ लाख रुपैयाँको जुत्ता चप्पल, २ अर्ब ५१ लाख रुपैयाँको निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण