मुस्ताङीले देखेको विकासको सपना पूरा गर्छौँ: कार्यवाहक सभापति अर्याल
आइतबार, ०७ मङ्सिर २०८२, २० : ३५
सारांश
- रास्वपाका कार्यवाहक सभापति अर्यालले मुस्ताङको विकासका लागि पार्टीले भूमिका खेल्ने बताए ।
- उनले सरकारमा गएर विकासलाई प्राथमिकता दिने कुरा जोमसोममा आयोजित भेलामा बताए ।
- अर्यालले कोरलानाकामा पूर्वाधार निर्माण र आधारभूत आवश्यकता पूरा गर्न आग्रह गरे ।
मुस्ताङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापित डोलप्रसाद अर्यालयले मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताएका छन् ।
आइतबार जोमसोममा आयोजित पार्टीको प्रथम जिल्ला भेलामा उनले आफ्नो पार्टी सरकारमा गए यहाँको विकासका लागि प्राथमिकताका साथ काम गर्ने बताएका हुन् ।
कार्यवाहक सभापित अर्यालले रु तीन अर्बभन्दा बढी राजस्व सङ्कलन गरिसकेको कोरलानाकामा पूर्वाधार निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले यहाँका व्यवसायी, पर्यटक तथा सुरक्षाकर्मीका लागि शौचालय, खानेपानीलगायत आधारभूत पूर्वाधार तत्काल निर्माण गर्न सरकारलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण