‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा ढुक्क छैन कर्णाली’
सारांश
- कर्णाली प्रदेशका मन्त्री भण्डारीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा शंका व्यक्त गरे।
- निर्वाचन र खेलकुद प्रतियोगिताको समय एउटै भएकाले अझै आशंका रहेको उनको भनाइ छ।
- प्रदेश सरकारले अहिलेसम्म केन्द्र सरकारसँग समन्वय नगरेको गुनासो गरे।
कर्णाली। कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा ढुक्क नभएको बताएका छन् ।
कर्णाली प्रदेशसभा सामाजिक विकास समितिले आज (आइतबार) सुर्खेत वीरेन्द्रनगरमा गरेको सरकारसँगको छलफलमा मन्त्री भण्डारीले निर्वाचन मिति र प्रतियोगिता सञ्चालनको हुने अवधि एउटै भएकाले अझै आशंका उब्जिएको बताए । सङ्घीय सरकारले पटकपटक प्रतियोगिताको मिति घोषणा गर्ने र सार्ने गरेका कारणले प्रतियोगिता सञ्चालनको सुनिश्चितता नरहेको उनको भनाइ छ ।
मन्त्री भण्डारीले केन्द्रीय सरकारबाटै फागुन १ गतेदेखि प्रतियोगिता सञ्चालन हुनेगरी मिति तय गरे पनि त्यसका लागि गर्नुपर्ने कामका लागि अहिलेसम्म प्रदेश सरकारसँग समन्वय नगरिएको गुनासो गरे । उनले भने, “मूल आयोजकको तर्फबाट काममा तदारुकता नदेखिए पनि प्रदेश सरकार तयारी अवस्थामै छ । सङ्घ सरकारले निर्धारित मितिमा प्रतियोगिता सञ्चालन गर्न सकेन । त्यसैले होला प्रतियोगिता हुन्छ भन्नेमा नागरिकहरू विश्वस्त छैनन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण