साउदी प्रो लिग
साउदी प्रो लिगः अल-नासरसँग अल-खलीज ४–१ गोलले पराजित
सोमबार, ०८ मङ्सिर २०८२, ०१ : ३५
सारांश
- साउदी प्रो लिगमा अल-नासरले अल-खलीजलाई ४-१ गोलले पराजित गर्यो।
- खेलको पहिलो हाफमा जोआओ फेलिक्स र वेस्लीले गोल गरेर अग्रता दिलाए।
- साडियो माने र क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा गोल थपे, जित सुनिश्चित भयो।
काठमाडौँ । साउदी प्रो लिगमा अल–नासरले अल–खलीजलाई ४–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ। खेलको पहिलो हाफमा जोआओ फेलिक्सले ३९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि वेस्लीले ४२औँ मिनेटमा थप गोल गर्दै पहिलो हाफको स्कोरलाई फराकिलो बनाए।
खेलको दोस्रो हाफमा अल–खलीजका मुराद अल–हवसावीले ४७औँ मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउन प्रयास गरे। तर साडियो मानेले ७७ औँ मिनेटमा गोल गर्दै अल–नासरको अग्रतालाई पुनः मजबुत बनाए। अन्तिम क्षणमा क्रिस्टियानो रोनाल्डोले थप एक गोल गर्दै टिमको शानदार जितलाई सुनिश्चित गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण