पच्चीसौँ आहा रारा पोखरा गोल्डकप माघमा हुने
सारांश
- आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता माघमा हुने भयो।
- प्रतियोगिताको तयारी भइरहेको छ, जसमा विदेशी टिमहरू पनि सहभागी हुनेछन्।
- सहारा क्लबले च्यारिटी डिनरबाट संकलित रकम एकेडेमीमा खर्च गर्नेछ।
पाेखरा । पच्चीसौँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघमा आयोजना हुने भएकाे छ । प्रतियोगिता सञ्चालनका लागि अखिल नेपाल फुटबल सङ्घबाट माघ २७ देखि फागुन ९ गतेसम्मको समय तालिका प्राप्त भएको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएकाे हाे ।
राष्ट्रिय/अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित उक्त प्रतियोगिताको तयारी अगाडि बढाइएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । प्रतियोगितामा विदेशी केही टोलीसहित नेपालका स्तरीय क्लबले भाग लिने उनको भनाइ छ । प्रतियोगितामा सहभागी हुने टोलीको सङ्ख्या अझै टुङ्गो नलागेको उनले बताए ।
पत्रकार सम्मेलनमा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले यस प्रतियोगिताले फुटबलका माध्यमबाट पोखरालाई चिनाउने काम गरेको बताए । फुटबलको विकासका लागि पोखरा महानगरपालिका सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसीले आहा रारा पोखरा गोल्ड कपसँगको सहकार्य निरन्तर रहने बताए ।
प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका, विशेष सहयोगीमा राष्ट्रिय खेलकुद परिषद्, गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, अखिल नेपाल फुटबल सङ्घ, कास्की जिल्ला फुटबल सङ्घ र उप प्रायोजकमा पोखरा महानगरपालिका–९ कार्यालय रहेको छ । गत वर्ष भएको २४ औँ संस्करणको उक्त प्रतियोगिताको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले जित्यो । नेपाल पुलिस क्लब उपविजेता बन्यो ।
पत्रकार सम्मेलनमा क्लबले गत कात्तिक १४ गते आयोजना गरेको ‘सहारा च्यारेटी डिनर नाइट’ कार्यक्रमको आयव्ययसमेत सार्वजनिक गर्यो । उक्त कार्यक्रमबाट रु २४ लाख १९ हजार सङ्कलन भएकामा रु छ लाख ७७ हजार खर्च भई रु १७ लाख ४१ हजार बचत भयो ।
बचत भएको रकम क्लबद्वारा सञ्चालित ‘सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी’ सञ्चालनमा खर्च हुने क्लबका महासचिव गङ्गाराम पौडेलले जानकारी दिए । ऐकेडेमीमा १६ जिल्लाका ३० किशोरले आवासीय सुविधासहित फुटबल सिकिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण