अब विशेष महाधिवेशनकाे विकल्प छैन, अलमलमा नपरौँ : गगन थापा
सोमबार, ०८ मङ्सिर २०८२, १४ : ११
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार थापाले लेखेका छन्, ‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ ।’
‘अब विधान बमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ,’ थापाले फेसबुकमा लेखेका छन् ।
टिकट वितरणकै लागि आफूहरूले निर्वाचन अगाडि महाधिवेशन भनेको थापाले उल्लेख गरेका छन् ।
‘यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन भनेको । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपरौँ,’ थापाले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण