विकास निर्माण
हिउँदमै थालियो सडकका खाल्डाखुल्डी मर्मत
सोमबार, ०८ मङ्सिर २०८२, १४ : २०
काठमाडौँ । सामान्यतया सडकका खाल्डाखुल्डी वर्षायाममा त्यो पनि आर्थिक वर्षको अन्त्यमा हतारहतार गरिने नेपालको परिपाटी नै हो । यसरी सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्दा त्यसको गुणस्तरमा प्रश्न उठ्दै आइरहेको छ ।
अहिले मंसिरमै काठमाडौं उपत्यकाका मुख्य सडकका खाल्डाखुल्डी मर्मत गरी कालोपत्रे गर्न थालिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास विकास मन्त्री कुलमान घिसिङको निर्देशनमा हिउँदयाममै सडक मर्मतसम्भार थालिएको उनको सचिवालयले जनाएको छ ।


Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण