१२ बुँदे माग बोकेर सिंहदरबार पुग्यो सीके राउतको जनमत पार्टी
काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई १२ बुँदे ज्ञापनपत्र बुझाएको छ । सोमबार जनमत पार्टीका नेताहरुले प्रधानमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मधेश, थरूहट तथा स्वराज आन्दोलनको क्रममा नेपाल सरकारले गरेका २२-बुँदे, ८-बुँदे र ११ बुँदे सम्झौताहरू अनुसार बाँकी रहेका कामहरू कार्यान्वय गरिनुपर्ने,राजनैतिक आन्दोलनको क्रममा मुद्दा लागेकाहरूलाई हिरासत तथा जेलमुक्त गर्ने र मुद्दा फिर्ता र लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने माग गरेकाे छ ।
नेपाली सेनासहितका सुरक्षा निकायहरूमा मधेशीहरूको सहभागिता समानुपातिक समावेशी बनाउन मधेशी युवाहरूको समूहगत भर्ती तत्काल सुरु गर्नुपर्ने समेत माग गरिएकाे छ ।
नेपाल सरकारले २०६४ फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग गरेको ८-बूँदे सम्झौता अनुसार प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउँदै पूर्ण स्वायत्त घोषणा गर्ने र तत् अनुसार राजनैतिक, प्रशासनिक र आर्थिक स्वायत्तता प्रदान गर्ने। स्थानीय निकाय प्रदेश मातहत हुनुपर्ने लगायत माग गरिएकाे छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण