दिल्लीका ५० प्रतिशत कर्मचारीले घरमै बसेर काम गर्नुपर्ने, यस्तो छ कारण
सोमबार, ०८ मङ्सिर २०८२, २२ : ०३
सारांश
- दिल्ली सरकारले ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न आदेश दिएको छ ।
- यो नियम सरकारी तथा निजी कार्यालयका कर्मचारीहरूका लागि लागु हुनेछ ।
- वायु प्रदूषण नियन्त्रण गर्नका लागि सरकारले यस्तो निर्णय गरेको हो।
नयाँ दिल्ली । भारतको राजधानीसमेत रहेको दिल्लीमा सरकारले ५० प्रतिशत कर्मचारीलाई घरमै बसेर काम गर्न आदेश दिएको छ ।
यस्तो आदेश सरकारी तथा निजी कार्यालयका कर्मचारीहरूका लागि लागु हुने जनाइएको छ । दिल्ली सरकारको पर्यावरण मन्त्रालयले दिएको आदेश अनुसार प्रत्येक कार्यालयले आफ्ना ५० प्रतिशत कर्मचारीलाई मात्र कार्यालयमा भौतिक रूपमा उपस्थित भएर काम गराउन सक्नेछ भने बाँकी ५० प्रतिशतलाई घरबाटै काम गराउनुपर्ने छ ।
दिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेपछि त्यहाँको सरकारले यस्तो आदेश तत्काल लागु हुने गरी जारी गरेको हो । यस्तो व्यवस्थाबाट सवारी साधनमार्फत हुने प्रदूषण नियन्त्रणमा सहज हुने सरकारको अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण