अमिताभ बच्चनले यसरी सम्झिए धर्मेन्द्रलाई
सारांश
- अमिताभ बच्चनले धर्मेन्द्रको निधनपछि सामाजिक सञ्जालमा श्रद्धाञ्जली पोस्ट गरे।
- धर्मेन्द्र र अमिताभले 'शोले' फिल्ममा सँगै काम गरेका थिए, र उनीहरू अविस्मरणीय जोडी थिए।
- अमिताभले धर्मेन्द्रको सादगी, मित्रता र उनको जोशको प्रशंसा गर्दै उनको निधनले खालीपन महसुस भएको बताए।
नयाँ दिल्ली । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले प्रसिद्ध अभिनेता धर्मेन्द्रको निधनपछि सामाजिक सञ्जालमा एक पोस्ट शेयर गरेका छन् । ‘अर्का एक जना बहादुर दिग्गज बिदा भए । मञ्च छुट्यो । पछाडि एक असहनीय, प्रतिध्वनिशील मौनता छुट्यो, धर्म जी...’ सोमबार राति, अमिताभ बच्चनले इन्स्टाग्राममा लेखे । धर्मेन्द्र र अमिताभ बच्चनले कल्ट फिल्म शोलेमा जय र वीरूको अविस्मरणीय जोडीको भूमिका निर्वाह गरेका थिए ।
‘उनी महानताको प्रतीक थिए । आफ्नो दमदार उपस्थितिको लागि मात्र होइन, बरु आफ्नो विशाल हृदय र सरलताको लागि पनि उनी परिचित थिए... उनले आफ्नो साथमा पञ्जाबको त्यो गाउँको माटोको सादापन लिएर आएका थिए, जहाँबाट उनी निस्किएर आएका थिए,’ पोष्टमा लेखिएको छ ।
‘आफ्नो शानदार यात्रामा उनी सोही स्वभावसँग जोडिइरहे । हरेक दशकमा फेरिदैं जाने फिल्मी समुदायमा पनि उनी आफ्नो शानदार करियरको साथ रहे... समुदाय फेरिरह्यो । उनी फेरिएन ।’ धर्मजीको मुस्कान, उनको अनुग्रह रहने बानी र उनको जोश हर कोहीसम्म पुगेको पनि पोष्टमा अमिताभले लेखेका छन् ।
फिल्म उद्योग जस्तो पेशामा यो दुर्लभ भएको भन्दै धर्मेन्द्रको मृत्यु पछि वरिपरि एउटा खालीपन रहेको र यो खालीपन कहिल्यै नभरिने पनि पोष्टमा लेखिएको छ । धर्मेन्द्रको अन्तिम संस्कार सोमबार दिउँसो १ः२० बजे मुम्बईको विले पार्लेस्थित पवन हंस श्मशानघाटमा गरिएको थियाे । यसमा उनका नजिकका आफन्तहरू उपस्थित थिए । धर्मेन्द्र ८९ वर्षका थिए । केही समयदेखि उनी बिरामी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण