प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च पुग्यो एमाले
मङ्गलबार, ०९ मङ्सिर २०८२, १२ : ०९
१
सारांश
- नेकपा एमालेले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
- एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरे।
- प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि एमालेले विरोध जनाएको हो।
काठमाडौँ । प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ ।
नेकपा एमाले विघटित प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले मंगलबार रिट निवेदन पेस गरेका हुन् ।
‘असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग सहितको रिट निवेदन नेकपा एमाले संसदीय दलको तर्फबाट आज मंगलबार सम्मानित सर्वोच्च अदालतमा पेस भएको छ’, बर्तौलाको भनाइ छ ।
गत भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तोकेको थियो । एमालेले भने प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै विरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण