शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

फेरि टर्‍यो इजरायली प्रधानमन्त्री नेतन्याहुको भारत भ्रमण

मङ्गलबार, ०९ मङ्सिर २०८२, १२ : ५७
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको भारत भ्रमण तेस्रो पटक रद्द भएको छ।
  • नयाँ दिल्लीमा भएको आतंकवादी आक्रमणपछि सुरक्षा कारणले भ्रमण रद्द गरिएको हो।
  • नेतन्याहुले अर्को वर्ष भ्रमणको मिति तय गर्ने बताएका छन्।

नयाँ दिल्ली । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको भारत भ्रमण फेरि पनि रद्द भएको छ । यस अघि नै नेतन्याहुले दुई पटक भारत भ्रमण रद्द गरिसकेका थिए । 

उनी यो वर्षको अन्यमा भारत आउँदै थिए । तेस्रो पटक पनि भ्रमण टरेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्न उनी भारत आउँदै थिए । स्रोतका अनुसार नयाँ दिल्लीमा भएको आतङ्कवादी आक्रमणपछि सुरक्षा कारणले गर्दा भ्रमण रद्द गरिएको हो । 

लाल किल्ला मेट्रोमा भएको विष्फोटमा परेर १५ जनाको ज्यान गएको थियो भने दर्जनौँ मानिस घाइते भएका थिए । नेतन्याहुले अर्को भ्रमणको मिति सुरक्षा स्थितिको आकलन गरेर अर्को वर्ष मात्रै तय गर्ने भन्दै समाचार आएका छन् । 

यस अघि नेतन्याहुले सेप्टेम्बर ९ माहुने भनिएको भारत यात्रा रद्द गरेका थिए । इजरायलमा सेप्टेम्बर १७ मा हुनेवाला चुनाव र योसँग सम्बन्धित कार्यक्रममा कारण उनले यो निर्णय गरेका थिए । उनको भ्रमण अप्रिलमा पनि रद्द गरिएको थियो । नेतन्याहुको भारत भ्रमणलाई इजरायलमा उनको विश्वव्यापी स्वीकार्यता प्रदर्शन गर्ने प्रयासको रूपमा हेरिएको थियो । 

यस वर्षको जुलाईमा उनको पार्टीले प्रधानमन्त्री मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति पुटिनसँग नेतान्याहुको तस्बिर भएको पोस्टर लगाएर नेतान्याहुको छवि बलियो बनाउने प्रयास गरेको थियो ।

नेतन्याहुले अन्तिम पटक जनवरी २०१८ मा भारतको भ्रमण गरेका थिए भने मोदीले २०१७ मा इजरायल गएका थिए । मोदी इजरायलको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप