आआफै उम्मेदवार घोषणा नगर्न जनमत पार्टीको सर्कुलर
काठमाडौँ । जनमत पार्टीले आगामी निर्वाचनका लागि आफ्ना नेताहरूलाई आफैँ उम्मेदवार घोषणा नगर्न आग्रह गरेको छ ।
नेताहरूले आफ्नै तरिकाले समाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा उम्मेदवार घोषणा गर्न थालेपछि पार्टीले यस्तो आग्रह गरेको हो । जनमतले आफ्ना सम्पूर्ण समितिलाई एक सर्कुलर जारी गर्दै प्रतिनिधि सभा सदस्यको निर्वाचन, २०८२ मा पार्टीले नै उम्मेदवार बनाउने उल्लेख छ ।
तोकिएको मापदण्ड पूरा गरेका सम्भावित निवेदकहरूबाट कार्यकारिणी समिति तथा केन्द्रीय सचिवालयले उम्मेदवार घोषणा गरिने पार्टीले जनाएको छ । उम्मेदवारको घोषणा कुनै जिल्ला समिति वा प्रदेश समितिले पनि गर्न नपाउने जनमतले स्पष्ट पारेको छ ।
हालसम्म उम्मेदवार घोषणा नगरिएकाले कोही पनि पार्टीको आधिकारिक नभएको र कसैले आफै प्रचारबाजी गरी टिकट नपाए ऊ स्वयं जिम्मेवार हुने पनि पार्टीले जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण