गाजामा विवादास्पद अमेरिकी राहत परियोजना बन्द हुँदै
सारांश
- अमेरिका र इजरायलको संयुक्त पहलमा गाजाबासीलाई राहत सामग्री वितरण गर्ने परियोजना बन्द भयो।
- गाजा ह्युम्यानिटेरियन फाउन्डेसनले ६ महिनापछि प्यालेस्टिनी क्षेत्रमा सहायता बन्द गर्यो।
- संयुक्त राष्ट्र संघले जीएचएफलाई अनैतिक र असुरक्षित भनेर सहयोग गर्न अस्वीकार गरेको थियो।
रफाह । अमेरिका र इजरायलको संयुक्त पहलमा गाजाबासीलाई राहत सामग्री वितरणका लागि खोलिएको परियोजना बन्द भएको छ ।
सुरु भएको लगभग छ महिनापछि प्यालेस्टिनी क्षेत्रमा आफ्नो सहायता सञ्चालन बन्द गरिएको गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (जीएचएफ)ले बताएको छ । छ हप्ताअघि हमास र इजरायलबिच युद्धविराम लागु भएपछि संस्थाले गाजामा आफ्ना तीन खाद्य वितरण स्थलहरू बन्द गरेको थियो ।
गाजाको जनसंख्यालाई सहायताको मुख्य आपूर्तिकर्ताको रूपमा संयुक्त राष्ट्र संघ (यूएन)लाई बाइपास गर्ने लक्ष्यले यो संस्था खोलिएको थियो । यूएन र सहायता उपलब्ध गराउने अन्य संघ संस्थाले भने जीएचएफलाई अनैतिक र असुरक्षित भन्दै सहयोग गर्न अस्वीकार गरेका थिए ।
संयुक्त राष्ट्र संघका अनुसार जीएचएफको खाद्य वितरणस्थल नजिकै खाना खोज्दै आएका सयौं प्यालेस्टिनीहरू इजरायली सेनाको गोली लागेर मारिएका थिए । आफ्ना सेनाले चेतावनीस्वरुप गोली चलाएको इजरायलले बताएको छ ।
आफ्नो आपतकालीन मिसनको सफल समापनका कारण फाउन्डेसन बन्द गर्न लागिएको जीएचएफले भनेको छ । सञ्चालन अवधिभर प्यालेस्टिनीहरूलाई ३० लाख वटा खानाको प्याकेट बाँडेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण