कम तौलका ग्यास बिक्रीको उजुरीपछि विभागले मार्यो छापा
काठमाडौँ । कम तौल भएको खाना पकाउने ग्यास बिक्री गरेको उजुरीपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास उद्योगमा छापा मारेको छ ।
विभागले मंगलबार काठमाडौँ र काभ्रे जिल्लाका ग्यास उद्योगमा छापा मारेको जनाएको छ ।
तौल कम भएको खाना पकाउने ग्यास बिक्री गरेको गुनासो तथा उजुरी आएकाले विभागले अनुगमन गरेको जनाएको छ । तर ग्यासको तौलमा कुनै कैफियत नभेटिएको जनाएको छ ।
मंगलबार विभागले सात वटा ग्यास उद्योगको अनुगमन गरेको थियो । जसमा काठमाडौँ–१६ बालाजुको नेपाल ग्यास उद्योग प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।
यस्तै बनेपा १३ साँगाको गौरी शंकर ग्यास उद्योग प्रालि, बनेपा १० थापा गाउँको सूर्य ग्यास इण्डष्ट्रीज प्रालि, दक्षिणकाली –१ को एभरेष्ट ग्यास उद्योग लिमिटेड, बनेपा–४ थापाकोटको सगरमाथा ग्यास उद्योग प्रालि र बनेपा–१ नालाको उग्रचण्डी ग्यास उद्योग प्रालीलाई सामान्य निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण