काठमाडौँको दोस्रो जित, लुम्बिनीको दोस्रो हार
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध २२ रनको जित निकालेको छ ।
१५८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी ५ बल बाँकी छँदै १३५ रनमा अलआउट भयो ।
लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ रनको योगदान दिए । त्यस्तै दिलिप नाथले २५ रन बनाउँदा ड्रेसी सर्टले २२ रन जोडे । लुम्बिनीका कप्तान रोहित कुमार पौडेल र गुल्बदिन नइबले ११–११ रनको योगदान गरे ।
काठमान्डुका लागि मिलिन्द कुमार र गेहार्ड रासमसले दुई–दुई विकेट लिए । त्यस्तै करण केसील, सन्तोष यादव र राशिद खानले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो ।
काठमान्डुका लागि कप्तान करण केसीले सर्वाधिक ३४ रनको योगदान दिए । त्यस्तै आकाश त्रिपाठीले ३२ रन बनाउँदा सन्तोष यादवले २६ रन जोडे ।
काठमान्डुका मिलिन्द कुमार र गेहार्ड रसमसले समान १७–१७ रनको योगदान दिए ।
बलिङतर्फ लुम्बिनीका लागि रुवेन ट्रम्पमेन, शेर मल्ल, गुल्बदिन नइब र कप्तान रोहितले दुई–दुई विकेट लिए । आजको जितसँगै काठमान्डुले चार खेलबाट ४ अंक जोडेको छ । यता पराजित लुम्बिनीको तीन खेलबाट २ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण